आज:  | Fri, 17, Jan, 2025

आज डिसेम्बर १ तारिख अथार्त ३६औँ विश्व एड्स दिवस

१५ मंसिर २०८०, शुक्रबार ०७:४७ मा प्रकाशित ( १ साल अघि) १५३० पटक पढिएको
नारी बाटिका


काठमाडौं १५ मंसिर ।

हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिदै आएको छ । यसैबिच आज ३६औँ विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारा सहित नेपालमा पनि ३६औँ विश्व एड्स दिवस देशभर सचेतनामूलक कार्यक्रम गरी मनाइँने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यस दिवसको अवसरमा समुदायस्तरमा सचेतना र सन्देश मूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागिएको हो।

सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा एड्सको सङ्क्रमण भएको छ। यस रोगको सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६०० मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान गरिएको छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित हुने गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस