आज:  | Thu, 09, May, 2024

गल्छी गाउँपालिकामा पालिकाकै उपाध्यक्षको नेतृत्वमा तालाबन्दी

१६ मंसिर २०८०, शनिबार ०८:२३ मा प्रकाशित ( ५ महिना अघि) ६२३ पाठक संख्या
नारी बाटिका


धादिङ,१६ मंसिर

धादिङको गल्छी गाउँपालिकामा पालिकाकै उपाध्यक्षको नेतृत्वमा सुक्रबार तालाबन्दी गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्वमा पालिकाका जनप्रतिनिधिहरुको समेत संलग्नतामा हिजो गाउँपालिकामा ताला बन्दी गरीएको छ ।

गत मंसिर ६ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने सोही पालिकामा कार्यरत भएकै अबस्थामा पालिका अध्यक्षको भनसुनमा मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएकोमा असन्टुष्टी हुदै तालाबन्दी गरिएको तिवारीले बताउनु भयो ।

पालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यलयमा कार्यरत हुंदाहुंदै सामान्य प्रशासन मन्त्रालयबाट अर्को प्रशासकीय पठाएको दुई हप्ता नबिप्दै अर्को पठाएको विषयमा गाउँपालिकामा विवाद बढ्दै गएको थियो । मन्त्रालयले खटाएपछी नयाँ प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक सुक्रबार कार्यलयमाा हाजिर गर्न गाउँपालिकामा आएका थिए।

नयाँ प्रमख प्रशासकीय अधिकृत पालिकाको कार्यलयमा हाँजिर हुन आएको र पालिका अध्यक्षको सहभागितामा उहाँलाई हाजिर गराउन खोजेपछी उपाध्यक्ष लगायत वडाका जनप्रतिनिधी सहितको टोलिले आक्रोस बन्दै विकलाई हाँजिर हुन नदिनको लागी तालाबन्दी गरीएको हो ।

साथै असन्तुष्ट पक्षहरुले गाउँपालिका अध्यक्ष समक्ष छोटो समयमै के कारणले नयाँ प्रशासकीय प्रमुख गाउँपालिकामा ल्याईयो भन्ने विषयमा कारण माग्दै ताला लगाईएको गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीले जानकारी दिनु भयो ।

एउटा कर्मचारीले निति नियम अनुसार राम्रो काम गर्दा गर्दै अर्को कर्मचारी ल्याउनुमा कारण मागेका पक्षको प्रश्नमा गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले आफुले मात्र चाहेर नयाँ अधिकृत आएका हैनन् र मन्त्रालयलेनै पठाएको हो भनि बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस