आज:  | Fri, 03, May, 2024

जिल्ला प्रशासन कार्यालय धादिङद्धारा न्यायिक क्षमता अभिवृद्धि बारे अभिमुखीकरण कार्यक्रम

१६ मंसिर २०८०, शनिबार १९:०८ मा प्रकाशित ( ५ महिना अघि) ३२७ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी वाटिका संवाददाता

धादिङ १६ मंसिर ।

जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज जिल्ला प्रशासन कार्यालय धादिङको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सम्वन्धित कार्यलयका न्यायिक क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई सहभागी गराइएको थियो ।

अभिमुखीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,मालपोत कार्यालय र डिभिजन बन कार्यालयका मुद्दा शाखाका कर्मचारीहरु,साथै नीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा कार्यरत कर्मचारीहरूका लागि न्यायिक क्षमता अभिवृद्धि सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनी र धादिङ जिल्ला अदालतका तहसिलदार ध्रुवप्रसाद सुवेदीले सहजीकरण गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस