
आज एकै दिन तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो
बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ कात्तिक ।
नेपालीहरुको महान पर्व बडादशैँ सकिएको आज अन्तिम दिन लगभग बजार तथा पसलहरु खुलेको दिन आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।
आइतबार (कात्तिक ८ गते) छापावाल सुनको मूल्यमा अघिल्लो कारोबारको तुलनामा आज एकै दिनमा प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आएको यो गिरावटसँगै बजारमा सुन खरिद गर्ने उपभोक्ताको चासो बढ्ने देखिएको जनाएको छ। ।
यससंगै पछिल्लो समयमा नेपाली बजारमा सुनको मूल्यमा केही उतार चढाव देखिँदै आएको अवस्था छ।












प्रतिक्रिया दिनुहोस