आज: २०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह

२०८३ कार्तिक ९, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ कात्तिक ।

कात्तिक ११ देखि १५ गतेसम्म देशभर ठुलै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

सम्भावित वर्षालाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन, बाली नकाट्न तथा हिमाली र पहाडी क्षेत्रमा पदयात्रा नगर्न  मौसमका विज्ञहरुले अनुरोधका साथ सुझाब दिएका हुन्।

वर्षाले विगतमा पनि यी राजमार्गहरु बाढी पहिरोको कारण हप्तौंसम्म सडक अवरुद्ध भई सवारी आवागमनमा समस्या आएको थियो ।

त्यसमाथनि गत भदौ १०को भोटेकोशी बाढीले त्रिशुली नदीकिनार छेउका पृथ्वीराजमार्ग कटान गरी सडक सन्चालनमा सानो पहिरो खस्दा अथवा अलिकति सडक भासिएपनि यातायात आवागमनमा समस्या आउने गरेको अवस्था छ ।

अर्को तर्फ धादिङ जिल्लाबाट निर्वाचित भएर गएका धादिङ क्षेत्र नं. १ की संघीय साँसद् आशीका तामाङ र धादिङ क्षेत्र नं.२ का संघीय साँसद बोधनारायण श्रेष्ठहरु लगायत वर्तमान सरकारमा छन् ।

त्यस्तै बागमति प्रदेश सरकारहरुका मन्त्री तथा सांसद्हरुको समेत मलेखु फुर्केखोला पुल निर्माणमा खासै चासो नदिएको अवस्था देखिएको छ ।

यसै कारण धादिङको जिल्ला सदुमुकाम जोड्ने माध्य नहुंदा गएको ३ महिनादेखी यस जिल्लाका १ नगर तथा ७ गाउापालिकाका नागरिकले ठुलो सास्ती बेहोरी रहनु परेको अवस्था छ ।

बाढी र पहिरोको कारण विगतमा भएका प्राकृतिक विपत्तिका ठुला बिनाशकारी घटनाबाट भएको मलेखु फुर्केखोलामा बाढीले बगाएको पुल अहिलेसम्म बन्न सकको अवस्था छैन ।

उक्त विपत्का घटनाले पुर्याएको अरबौं क्षतिको अन्तिम विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि हालसम्म सरकारको तर्फबाट ठोस निर्णय आईसकेको छैन ।

प्रभावितका लागी उद्धार , राहत वितरणमा सम्बन्धित निकाय सक्रिय रहेको भएपनि बाढीले क्षति पुर्यायर छेद बिछ्ेद भइ प्रयोग विहिन भएका सम्रचनाहरुको निर्माण र पुर्न सम्रचना ध्यान दिनु पर्ने नागरिकका लागी तत्कालका मुख्य सवालहरु हुन् ।

अगुल्टोले तर्सिएको कुकुर बिजुली चम्कँदा पनि आत्तिन्छ भनेको झैं सानो वर्षा हुन्छ भने पनि हाल धादिङ,रसुवा तथा नुवाकोटका नागरिकहरुमा डर पैदा हने अवस्था छ ।

विगतका बाढी पहिरोका कारण भएका थुप्रै कालजरी घटनाले पनि नेपालीलाई सिकाइ भैइसकेकाले पनि मौसम बदलीबाट हुन सक्ने मौसमविद्का सम्भावित पुर्व सुचनाको अनुशरण गरी सतर्कता अपनाउन आवाश्यक रहन्छ ।

त्यसैले पनि मौसम बदली भई बर्षाको सम्भावना हुने सम्वन्धित आधिकारिक निकायबाटआट आएका सुचना तथा समाचारबाट सम्वन्धित प्रभावित तथा जोखिम क्षेत्रमा बसोबास गर्ने सबै नागरिकले सतर्कता अपनाउन आवाश्यक रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑