आज: २०८३ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2026

सप्तकोशीमा भएको पानीबोट दुर्घटनामा ३ को मुत्यु ,बेपत्ता ३ जना अझै भेटिएन

२०८३ कार्तिक १०, सोमबार मा प्रकाशित ( १0 मिनेट अघि) २१८ पटक पढिएको
नारी बाटिका


धरान -९ कात्तिक ।

सप्तकोशीमा भएको पानीबोट दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । साथै दुर्घटनामा बेपत्ता भएका ३ जनाको अवस्था अझै अज्ञात छ।

भोजपुरको हतुवागढीबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशीमा आइतवार दिउँसो करिब २ बजे दुर्घटना भएको थियो।

प्रहरीका अनुसार पानीबोटको ब्रेक फेल भएर दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना रहेको बताइएको छ। दुर्घटनामा चालकसहित १२ जना घाइतेको उद्धार गरी चतरा अस्पताल पठाइएकोमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका(१ की ५२ वर्षीया लीला राई, अन्दाजी ७ वर्षकी बालिका र अ.४५ वर्षका पुरुषको मृत्यु भएको थियो।
यसैगरी दुर्घटनामा अन्य ३ जना भने अझै बेपत्ता रहेका छन्।

बेपत्ता हुनेमा झापा, कन्काई नगरपालिका.४ का ७ वर्षीय शिवक मगर‚ सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका(१ का २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई रहेका प्रहरीले जनाएको छ।

बेपत्ता भएकाको खोजी कार्य आजपनि विहानैबाट गरिने भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑