आज:  | Fri, 03, May, 2024

धादिङको बालमन्दिर आधाभुत विद्यालयमा लैंगिक हिंसा बिरुद्धको १ दिने अभिमुखीकरण कार्यक्रम

१७ मंसिर २०८०, आईतवार १९:३८ मा प्रकाशित ( ५ महिना अघि) ५८८ पाठक संख्या
नारी बाटिका


भगवती विवियु

धादिङ १७ मंसिर

आईतबार नारी जागरण केन्द्र तथा जिल्ला प्रहरी कार्यलयको सयुक्त आयोजनामा निलकण्ठ नगरपालिका ३ श्री बालमन्दिर आधारभुत विद्यालयमा अभिमुखी कार्यक्रम सम्पन्न गरिएको छ । नोभेम्वर २५ देखी डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा मनाईने १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको आज ९ औं दिनको दिन जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रको प्रमुख आथित्यमा आज निलकण्ठ नगरपालिका ३ स्थित बालमन्दिरमा कक्षा ८ का बालबालिकालाई सहभागी गराई कार्यक्रम गरिएको हो ।

नारी बिकास सहकारी संस्थाको ब्यवस्थापनामा भएको लैंगिक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रममा धादिङका प्रहरी उपरिक्षक गौतम मिश्र,लैंगिक हिंसा नियन्त्रण संजालका प्रहरी सायक निरिक्षक सन्तोष गैरे,नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले समाजमा हुने लैंगिक हिंसा के हो यसको निराकरण कसरी गर्न सकिन्छ, हिसा भयो भने न्यायको लागी कहाँ सम्पर्क राख्ने ? साईवर क्राईम भनेको के हो ?

सामाजिक संन्जालको दुरुपयोग गरी अपराधिक मनोवृर्ती भएकाहरुले समाजमा कस्ता कस्ता हिंसाका घडनाहरु घट्न सक्छन् ? विषयवस्तुमा सहजीकरण गरिएको थियो ।

त्यस्तै बालबालिकामा हिंसा हुन सक्ने संभावित स्थान तथा नचिनेका,संका लागेका व्यक्तिहरुको विस्वास नगर्ने,कुलतमा परेका हरुको संगतबाट टाढै बस्ने,सामाजिक संन्जालमा आउने नकारात्मक विषयहरुमा ध्यान नदिने र यदी कोही कसैबाट आफु हिंसामा पर्न लागेको शंका लाग्न साथै १०० नं.मा फोन गर्ने तथा प्रहरीमा जानकारी गराउने जस्ता विषयमा प्रमुख अतिथी एव्ं प्रहरी उपरिक्षक गौतमले सहजीकरण गर्नु भएको थियो ।

पछिल्लो समयमा कुनै पनि वहानाबाट महिला बालबालिकामा हुने हिंसाका प्रभावबाट बच्नको लागी संयुक्त रुपमा आयोजित कार्यक्रममा बालमन्दिर कक्षा ८ मा अध्ययनरत ए र वि दुबै सेसनका ८५ जना छात्र छात्राहरु,सम्वन्ति विषयका शिक्षक तथा शिक्षिका,नारी जागरण केन्द्र तथा नारी बिकास सहकारीका कर्मचारी रिता दुवाडी नेपाली,राममायाँ गुरुङ धनमायाँ तामाङ,भवानी भण्डारी,कार्य समितीका सदस्यहरु एलिना राई गुरुङ ,सानुमायाँ थामा प्रहरी कार्यलयका प्रतिनिधहरु लगायतको सहभागिता रहेका थियो ।

यसैगरी सोही विद्यालयका प्रधानाध्यापक कृष्ण प्र.राउतले बालबालिकाहरुमा संधै किताबी ज्ञानका विषयमा अध्ययापन गराईने गरिन्छ । समय समयमा सामाजिक ज्ञान तथा समाज हुने लैंगिक हिंसा,घरेलु हिंसा, साईवर क्राईम बिरुद्धको चेतनामुलक सवालमा बालबालिकामा ज्ञान दिन सके घर तथा समाजमा हुने अपराधिक गतिविधीबाट बालबालिकाहरु सजग रहन सक्ने भएकोले यस्ता विषय हुने बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथी एवं् सोही विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष दिपक कोईरालाले घर तथा समाजमा हुने हिंसा बाट बच्नको लागी बालबालिकाहरु सजक हुनु पर्ने र किश्वर किश्वरी अवस्थामा सामाजिक संन्जाल तथा कुनै प्रकारको हिंसाको जोखिममा नपर्न सजक रहनु पर्ने बताउनु भयो ।

लैंगिक हिंसा बिरुद्धको अभियानबाट घर,परिवार तथा समुदायमा सचेतना जगाउने उदेस्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।यसैगरी जिल्ला प्रहरी कार्यलयको सयुक्त आयोजनामा निलकण्ठ नगरपालिका यसै १६ दिने लैंगिक हिंसा विरुद्ध अभियानकै क्रममा केन्द्रले मंसिर १५ दामगाडे स्थित नमुना महिला समुहको व्यवस्थापनमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी सकेको छ ।

प्रत्येक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वव्यापी रुपमा सचेतनामुल कार्यक्रम संन्चालन गरी मनाइने १६ दिने लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान यही मंसिर ९ देखी सुरु भएको हो । यसै अभियानको अबसरमा नारी जागरण केन्द्रद्धारा र जिल्ला प्रहरी कार्यलय धादिङ,नारी बिकास सहकारी संस्था धादिङ र नारी वाटिका डट् कम अनलाईन खबर को सहकार्यमा चार चरणको कार्यक्रमको आयोजना गरिएको केन्द्रले जानकारी गराएको छ ।

जस अनुसार मंसिर १५ मा निलकण्ठ १२ दामगाडे महिला समुहमा, मंसिर १७ गते आईतबार बालमन्दिर आधारभुत विद्यालयमा,मंसिर २०गते सितलबजार स्थित सितलबजार महिला समुहमा, मंसिर २२ गते निलकण्ठ नगरपालिका ८ मुरलीभन्याङमा र मंसिर २३ गते निलकण्ठ १२ पशुपती महिला समुहमा सचेतनामुलक कार्यक्रम गरिने भएको केन्द्रका कार्यकारी निर्देशक तथा महिला अधिकारकर्मी भगवती उप्रेती विवियुले जानकारी दिनु भयो ।

केन्द्रले समाजमा हुने लैंगिक हिंसा अन्त्य गर्नको लागी जिल्लाका गाउँपालिका , नगरपालिकाहरुमा महिला समुह र महिला सहकारी संस्था निर्माण गरी विगत २५ वर्षदेखी काम गर्दै आईरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस