आज: २०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

उपप्रधानमन्त्री तथां् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भई अस्पताल भर्ना

२०८० मंसिर २०, बुधबार मा प्रकाशित ( २ साल अघि) १८८५६ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० मंसिर ।

नेकपा माओवादीका नेता,उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हिजो हृदयाघात भएको छ। उहाँलाई छातीमा असहज भई स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएकोल छ।

हिजो साँझ उहाँको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो । श्रेष्ठलाई यस भन्दा डेढ महिना अघि पनि चीन भ्रमणको क्रममा उहाँको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो ।

पछिल्लो जानकारी अनुसार उहाँको स्वास्थ अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


↑