आज:  | Mon, 29, Apr, 2024

गायक प्रकाश सपुतको ‘कमाउने नी हो, रमाउने नी हो’ बोलको गीत विवादमा

२१ मंसिर २०८०, बिहीबार १९:२९ मा प्रकाशित ( ४ महिना अघि) ३२३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ मंसिर ।

केही समय अगाडी सकम्बरी म्युजिक भिडियो र गित समेत बिवादमा परेका गायक प्रकाश सपुतले पछिल्लो समयमा सार्वजनिक गरेका ‘कमाउने नी हो, रमाउने नी हो’ बोलको गीत विवादमा परेको छ । ४ महिना अगाडी सार्वजनिक भएको उनको एक भिडियो क्लिपलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुन थालेको हो । तिजको अवसर पारेर चार महिना अगाडी बजारमा आएको खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको गीत ‘कमाउने नी हो, रमाउने नी हो’ को भिडियो अहिले विवादमा आएको छ ।

मोडल जुना विश्वकर्मा र उनि आफैेले अभिनय गरेका उक्त भिडियोमा वसन्तपुरको कुमारी घर नजिकैको एक इनारमाथि उभिएर नाचेका छन्। उक्त स्थानमा कुमारीको मुख धुन र स्नान गराउन उक्त इनारको पानी प्रयोग गर्ने ठाउँमा उनीहरू नाचेपछि यतिवेला उनको चौतर्फी रुपमा आलोचना भइरहेको छ।

विशेष गरी काठमाडौंका नेवा समुदायले धार्मिक विधी अनुसार मान्दै आएको जिवित कुमारी देवी पुजा अर्चना गर्नको लागी शुद्ध(चाखो) पारिने उक्त स्थानमा कलाकारहरूले नेवा)सभ्यता र संस्कृतिमाथि अपमान गरेको सामाजिक सञ्जालमा टिका टिप्पणी भइरहेको छ। फेसबुकमा यतिवेला विभिन्न व्यक्तिहरुबाट ‘वसन्तपुर स्थित यो इनारको आफ्नै पौराणिक तथा ऐतिहासिक छ।

यसलाई अपवित्र गर्नु हुँदैन। स्थानीय सरोकारवाला तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस र यथाशीघ्र पहल गरियोस् ।। धार्मिक आस्थाको सम्मान गरौं।‘ यस्तै, अर्का व्यक्तिले लेखेका छन्, ‘काठमाडौं बासीले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सम्पदाहरूलाई उचित संरक्षण गर्न नसक्नु विडम्वनापूर्ण छ।‘

त्यस्तै कैहीले भनेका छन् कसैको गित तथा म्युजिक भिडियो चर्चामा ल्याउनका लागि धर्म संस्कार र धार्मिक सम्पदामाथि प्रहार नगर्न सल्लाह दिन्छौं भनेका छन्। गीतमा इनारको दृश्य नदेखिए पनि, यतिवेला विवादमा आएको भिडियोमा भने इनार देखिएको छ।

यस्तै उनका धेरै जसो म्युजिक भिडियोहरु विवादित हुने गरेका छन्। यसअघि उनको गीत ‘पिर’ पनि विवादमा परेको थियो। गीतको दृश्यलाई लिएर सत्तारुढ माओवादी केन्द्रका नेताहरू पनि उनिमाथी खनिएका थिए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस