आज:  | Thu, 02, May, 2024

चितवनका किसानले पाएनन् २२ करोड पुग्दापनि दूधको भुक्तानी

२३ मंसिर २०८०, शनिबार १६:१६ मा प्रकाशित ( ४ महिना अघि) २४० पाठक संख्या
नारी बाटिका


चितवन, २३ मंसिर ।

२२ करोड दुधको हिसाव भैसक्दा पनि चितवनका किसानले अझै पाएनन् दूधको भुक्तानी । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री बापतको रु २२ करोड रकम पाउन सकेकौ करा सार्वजनिक भएको छ ।

चितवन जिल्लामा रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले उक्त रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको हिसावको भुक्तानी पाउन नसकेका हुन् । गएको असोज महिना देखिको दुधको भुक्तानी रकम नपाउँदा किसानहरु चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताउनु भयो ।

वगालेले भन्नु भयो, “दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगे बापतका रकम अहिले सम्म भुक्तानी नदिदा किसानलाई निकै समस्या भएको छ ।” हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि तिन महिना सम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउन समेत कठिन बन्दै गएको छ ।

दुग्ध विकास बोर्डबाट यहाँका किसानले रु ११ करोड, पोखरामा रहेको सुजल डेरी उद्योगले रु दुई करोड र अन्य निजी डेरी कम्पनीको गरेर रु २२ करोड रकम बाँकी भैसकेकोछ । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर हाराहारीमा दूध उत्पादन हुँदै आएको बगालेले बताउनु भयो । उहाँ भन्नु हुन्छ “अहिले दूध खपत हुन कठिन भएको छ, तर जेनतेन गइरहेको छ ।”

चितवन जिल्लामा उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गर्दछ । बाँकी दूध जिल्ला भित्रै खपत हुने गरेको उहाँले जानकारी दिनु भयो । “किसानले समयमा भुक्तानी नपाउँदा निकै समस्या भएको छ, अन्य जिल्लामा ‘मिल्क होडिडे’ मनाउन थाले, यहाँ अहिले नै त्यस्तो नहोला भन्नेमा छौँ ।” उत्पादित दूध बिक्री गर्न कठिन हुने गरेको उहाँले बताउनु भयो । गएको वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उहाँले जानकारी दिनु भयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस