आज:  | Fri, 03, May, 2024

सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, फैलिएपछी काठमाडौँ महानगरकाद्वारा सचेत रहन सुचना जारी

२६ मंसिर २०८०, मंगलवार ०७:५३ मा प्रकाशित ( ४ महिना अघि) ४५८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २६ मंसिर।

सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ को रोग, फैलिएपछी काठमाडौँ महानगरकाद्वारा सचेत रहनको सुचना जारी गरेको छ । महानगरपालिकाको केही स्थानमा सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’रोग देखा परेकाले सचेत रहन आग्रह गरेको हो । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक रोग मानिन्छ ।

यो रोग लागेपछी विशेषगरी कुकुरलाई ज्वरो आउँने, खाना खान नसक्ने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोग जस्तो लक्षण देखा पर्ने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन् ।

केही दिन अगडी स्थानीय नागरिकले दिएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा उक्त रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ । कुकुरहरूमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्ने तर कुकुरबाट मान्छेमा भने नसर्ने चिकित्सकको भनाई रहेको छ । कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले कुकुरको व्यवस्थापन गर्न सुरु गरेको विभागले जनाएको छ ।

महानगर अन्तर्रगत विभागका अनुसार कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क राख्न १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध समेत गरेको छ ।

एक कुकुरबाट अर्को कुकुरमा सर्ने भएकाले रोग फैलिन सक्ने भएकोले घरमा पालिएका कुकुरहरुलाई बाहिर नलैजान र कुकुरहरूलाई यस रोग विरुद्धको खोप अनिवार्य लगाउन विभागले आग्रह पनि गरेको छ ।

त्यसैगरी महानगरले सामुदायिक कुकुरको अनियन्त्रित प्रजनन रोक्नका लागि बन्ध्याकरण प्रक्रिया पनि संन्चालन गरेको छ । आगामी पुस महिनासम्म करिब छ हजार कुकुरलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइने महानगरको भनाइ छ । हाल महानगरमा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१%१%

प्रतिक्रिया दिनुहोस