आज:  | Sun, 19, May, 2024

धादिङ जिल्लामा क्रियाशिल गैर सरकारी संस्थाहरुबिचमा समनवय बैठक

२७ मंसिर २०८०, बुधबार १३:५७ मा प्रकाशित ( ५ महिना अघि) ५८० पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ २७ मंसिर ।

मंगलबार जिल्ला प्रशासन कार्यलय धादिङको आयोजनामा समन्वय बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बसेको बैठकमा जिल्लामा क्रियाशिल गैर सरकारी क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख एवं प्रतिनिधिहरुविचमा समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

बैठकमा धादिङ जिल्ला भित्र गठन भएका मुनाफा रहित गैर सरकारी संस्थाहरुले संन्चालन गरेका गतिबिधिहरुको समिक्षाका गर्नुको साथै संस्थाहरुले भोगेका समस्याहरुको बारेमा छलफल भएको थियो।

पछिल्लो समयमा विशेष गरी मुलुकका ७ प्रदेश मध्य यस वागमती प्रदेशको बिकास सुचाङकमा वृद्धी भएको भन्दै यस प्रदेशमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  संस्थाहरुलाई समाज कल्याण परिषदको सिफरिसमा सुदुरपश्चिम,कर्णाली प्रदेश तिर पठाएका थिए ।

जिल्लामा समुदायको कृर्षी,खानेपानी,भौतिक निमार्ण लगायतका क्षेत्रमा स्थानीय संस्थारुबिच साँझेदारीमा काम गर्दै आएका राष्ट्रिय तथा अन्र्राष्ट्रिय लाईन एजेन्सीहरुलाई  समाज कल्याण परिषद तथा वागमती प्रदेश सरकारकै सिफारिसमा प्रदेशबाटै अन्यत्र पठाएपछी हाल जिल्लाका गैससहरुमा परियोजना नभएको अबस्था छ ।

केही संस्थाहरुले आफ्नो ब्यत्तिगत पहुँचमा परियोजना ल्याएका भएता पनि अन्य अधिकाँश संस्थाहरुमा बाहिरी कार्यक्रम नहुनाले संस्थाको सक्रियता घटिरहेको अबस्थामा पछिल्लो समस्या र चुनौती के रहेको छ ? साथै विपत ब्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यका काम गर्न सकिने कामका बारेमा जानकारी लिनको लागी बैठकको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भयो ।

यस्तै परियोजना नहुने, कर्मचारी नहुने र आर्थिक सहायता नलिएका र हाल नबिकरण समेत नभएका संस्थाहरुको नविकरणका लागि सरल र सहज बनाई नविकरण प्रक्रिया अवलम्वन गर्न प्रमुख जिल्ला अधिकारी तयार रहेको बताउनु भएको छ ।

गैसस महाँसंघ धादिङको समन्वय तथा जिल्ला प्रशासन कायलय धादिङको आयोजनामा सम्पन्न उक्त समन्वय बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ पराजुली,गैसस महाँसंघ धादिङ अध्यक्ष शालिकराम दुवाडी,महाँसंघ धादिङका उपाध्यक्ष तथा नारीजागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती बिबियु,महाँसंघ धादिङ सचिब सिलास तामाङ,  रेडक्रस धादिङका अध्यक्ष,सिडस नेपाल धादिङका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

त्यसैगरी बैठकमा सान्ती नेपालका कार्यक्रम संयोजक ईन्द्रमान शाक्य,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,प्रयास नेपालका पुर्व अध्यक्ष उषा बिक,एक्सन नेपाल धादिङका कार्यक्रम संयोजक कमल ढुंगाना, आईसीडिसी धादिङका विनोद रिजाल,हट फाउन्डेसनका सदस्य राजकुमार श्रेष्ठ,महाँसंघ धादिङका सदस्य सान्ता विसुराल,अन्य सदस्यहरु फोकस नेपाल धादिङका प्रतिनिधि लगायतका विभिन्न संस्थका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%६%२%

प्रतिक्रिया दिनुहोस