आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

परीक्षकको लापरवाहीले भविश्य गुमाएका विद्यार्थीको पुनर्योगले ४ GPA आयो

२०८३ श्रावण १३, बुधबार मा प्रकाशित ( ८ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ —१३ साउन ।

परीक्षकले विद्यार्थीको भविश्यमाथी कतिसम्म खेलवाड गर्दा रहेछन् भनेर २०८२ को धादिङवेशी स्थित एसईई परिक्षाको रिजल्टले छताछुल्ल पारेको छ ।

धादिङवेशी स्थित धादिङ आवाशीय माद्यामिक विद्यालयमा अध्ययनरत पाविल श्रेष्ठ र मुस्कान तामाङको एसईई (SEE) को पुनर्योग (Retotaling) नतिजा सार्वजनिक भएसँगै यस घटना बाहिर आएको हो ।

गत २०८२ मा भएको एसईई परिक्षाको नतिजा सार्वजनिक भएपछी
३.९६ आएका थियो ।

त्यसपछी पाविल श्रेष्ठ र मुस्कान तामाङका परिवारसहितले अध्ययनमा राम्रो र मेहनेती  हरुको कसरी एसईई परिक्षामा कम नम्वर आयो भन्ने विस्वास नलागेपछी परिक्षाफलको पुनर्योग गर्न आवेदन दिएका थिए ।

पुनर्योग पश्चात् उनीहरुको ४ GPA हासिल गर्न सफ भएका रहेछन् । तर तिनै विद्यार्थीको  नंम्वर घटाएर  नतिजा आउनुले परीक्षकले विद्यार्थीको भविश्यमाथी कतिसम्म खेलवाड, लापरवाही गर्दा रहेछन् भन्ने कुरा सतहमा आएको हो ।

उक्त परिक्षाको मनलाग्दी कपि चेकिङबाट आएको नतिजा सम्वन्धमा नीलकण्ठ नगर स्तरीय बाल सञ्जालका अध्यक्ष तथा विद्यार्थीका अग्रज निगेश श्रेष्ठले उत्तर पुस्तिका परीक्षणमा भएको चरम लापरवाहीले एक जेहेन्दार विद्यार्थीको जिवन नै सखाप हुन सक्ने अवस्था सिर्जना भएको बताएका छन् ।

उनले यसरी प्रशिकको लापरवाहीका कारण विद्यार्थीमा पारेको मानसिक असरप्रति कडा आपत्ति जनाएका हुन् । बाल सञ्जाल अध्यक्ष रहेका  श्रेष्ठद्वारा विपन्नका लागि निःशुल्क पुनर्योगको माग समेत गरेका छन् ।

पुनर्योगले आफ्ना जेहेन्दार साथीहरुको उच्च शिक्षा हासिल गर्नमा अवसर पदान गरेकोले उनीहरुलाई बधाई दिँदै श्रेष्ठले, आफ्नो पनि अंग्रेजी विषयमा अङ्क सुधार  भई ३.६ GPA (A Grade) कायम भएको जानकारी दिएका छन्।

मुख्य विषयमै यस्ता गम्भीर त्रुटि हुनुले जेहेन्दार विद्यार्थीहरूलाई ठूलो मानसिक तनावमा धकेलेको उनको भनाइ छ।

प्रति विषय ५०० रुपैयाँ पुनर्योग शुल्क विपन्न परिवारका लागि ठूलो आर्थिक बोझ भएको बताउँदै श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्ड समक्ष अङ्करग्रेड सुधार भएमा बुझाएको शुल्क शतप्रतिशत फिर्ता गरियोस् भनेर माग पनि राखेका छन् ।

यसैगरी उनले उत्तर पुस्तिका जाँचमा लापरवाही गर्ने परीक्षकहरूमाथि कडा भन्दा कडा विभागीय कारबाही गरियोस् भनेर जोडदार माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस