
सिरहा १४ साउन ।
सुनसरी जिल्लामा तनावको अवस्था भने केही हदमा सान्तिमा आएको छ । तर सोही घटनालाई लिएर सिरहाको गोलबजारमा भने आन्दोलन तथा हुलदंगा भई शान्ति भंग हुने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू लगाएको हो ।
उक्त क्षेत्रमा केही दिनदेखी भैरहेको आफ्नै टोल,पालिका,नगर तथा जिल्ला वासीहरुकाबिचमा धर्मको नाममा हुलदंगा भई गाउँमा तनावको अवस्था सिर्जना भएकोले सो पस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
पूर्व(पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म कर्फ्यू लागू गरिएको हो।
त्यसैगरी उत्तरतर्फ गोलबजार ६ स्थित सैनिक चौकदेखि दक्षिणतर्फ गोलबजार वडा नम्बर ४ को राप्रराप्र बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरिएको सिरहा प्रशासनले जनाएको छ। 












प्रतिक्रिया दिनुहोस