आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति,आन्दोलन स्थगित

२०८३ श्रावण १४, बिहिबार मा प्रकाशित ( २५ मिनेट अघि) ५५९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं- १४ साउन ।
सरकार र आन्दोलनरत चिकित्सकबीचमा पाँच बुँदे सहमति भएको छ।

नारायण अस्पतालमा डाक्टरमाथी कुटपिट भएपछी देशभरका चिकित्सकहरु केही दिनदेखी आन्दोलनमा उत्रिएका थिए । देशभरका अस्पतालहरुमा स्वास्थ्य सेवा ठप्प हुनेगरी चिकित्सकहरुले आन्दोलन गरेसंगै अनौपचारिक छलफललाई औपचारिक रूपमा दुवै पक्षबिचमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

बुधबार दिनभर चलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव र गृह मन्त्रालयका सहसचिवसमेतको छलफलले वार्ताको टुंगोमा पुगेका हुन् ।

त्यसैगरी आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा.बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी तथा सह कोषाध्यक्ष डा( तेजसु सिंह मल्ल सहभागी भएका थिए।

गत शनिबार वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक ४५ वषीय पुरुषको मृत्यु प्रकरणमा मृतकका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि आक्रमण गरी कुटपिट गरेका थिए । सोही घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशव्यापी रुपमा कडा आन्दोलन गरेको थिए।

सरकारसँग पाँच बुँदे सहमति भएसंगै नेपाल चिकित्सक संघले आफ्नो आन्दोलन स्थगित गरेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस