आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

धादिङको पृथ्वी राजमार्ग खटौती पुल स्थितको एक तर्फी सडक संचालनमा

२०८० मंसिर २८, बिहिबार मा प्रकाशित ( १ साल अघि) ५५७० पटक पढिएको
नारी बाटिका


धादिङ २८ मंसिर।

धादिङ जिल्लाको पृथ्वी राजमार्ग खटौती पुल स्थितको एक तर्फी रुपमा सडक संचालन भएको छ । धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका (७ खटौती पुल स्थितको पृथ्बी राजमार्गमा बाटो एकतर्फी संचालन भएको हो ।

उक्त खटौती पुलमा अर्को नँया पुल बनाउने क्रममा जग खन्ने काम शुरु भएकोले पुरानो पुलको केही भाग लोड गाडीले गर्दा भासिन सक्ने सम्भावनालाई मध्यनजर गरी उक्त पुलमा सिग्नल राखी बाटो एक तर्फी रुपमा मात्रै सुचारु रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

उक्त सडक खण्डमा आवाश्यक ब्यवस्थापन गर्नको लागी ईलाका प्रहरी बेनिघाट बाट प्र.स.नि को कमाण्डमा ट्राफिक प्रहरी सहितको टोलिले सहजीकरण गरिरहेका धादिङ प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस