आज:  | Mon, 29, Apr, 2024

धादिङको प्रशिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको मेला बिहिबार सकियो

२९ मंसिर २०८०, शुक्रबार १७:१० मा प्रकाशित ( ४ महिना अघि) ३८९ पाठक संख्या
नारी बाटिका


धादिङ २९ मंसिर ।

धादिङको प्रशिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको मेला बिहिबार सकिएको छ । धादिङको त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला लाग्ने तिथिकै दिन माईलाई माइत पुर्याएपछि बिहीबार यस मेला सकिएको हो। धादिङ जिल्लाको प्रशिद्ध तथा धार्मिक यस मन्दिर सल्यानकोटको घरमा रहेकी त्रिपुरासुन्दरी माई लाई सुकौरा बेंसीमा रहेको माइतीघरमा न्वागी खान ल्याउने यस मन्दिरको विशेषता रहेको छ ।

त्रिपुरासुन्दरी माई भगवतीको प्रतिमूर्तिलाई बाकसभित्र राखिएको हुन्छ र उहाँको मुर्ति भक्तजनले छुन नपाइने परम्परा छ । साथै उहाँलाई बेंसी झार्दा खुँडा, खुकुरी सहितको साङ्लो बनाई पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शंख(घण्ट बजाउँदै र भगवतीको जयजयकार गाउँदै अबिर जात्रा गर्ने गरिन्छ । यस मेलाको यो कार्यक्रम मुख्य आकर्षणको रुपमा लिईन्छ ।

हरेक वर्ष मंसिरको यसै तिथिमा न्वागी खान माइत आउने त्रिपुरासुन्दरी भगवती फागुन महिनासम्म माइतीघरमा बस्नु हुने र त्यसपछी शभ साइत हेरेर पुनः उहाँ माथि आफ्नै घरमा लगिदिने परम्परा रही आएको छ । यो मेलामा देवीलाई न्वागी अर्थात नयाँ धानको चामलको दही चामलको प्रशाद बनाई चढाएसँगै यस क्षेत्रका स्थानीवासीले उत्पादन गरी घरमा भित्र्याएको धान र चामल खान सुरु गर्नेछन् ।

त्रिपुरासुन्दरी भगवतीलाई एक वर्षभित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजा गर्ने अनौठो र रोचक परम्परा छ । पृथ्वीनारायण शाहले त्रिपुरासन्दरी माईको आशीर्वाद पाएर काठमाडौं युद्ध गर्न जाँदा विजय भएको धार्मिक विश्वासका साथ मेला भर्न हजारौं देशका विभिन्न भागबाट हजारौं भक्तजनहरु आउने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस