
नारी बाटिका
काठमाडौं ३० मंसिर ।
नाबालिगलाई जवरजस्ती करणीको आरोप लागेका अभिनेता पलशाहको मुद्दाको फैसला दोहोर्याएर हेर्न सर्वोच्चले अनुमति दिएको छ । शाह जवरजस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम)विरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको हो।
सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले यही मंसिर २२ गतेका दिन पहिलेको फैसला दोहोर्याएर हेर्ने आदेश दिएको हो।
पीडितले आफूमाथि बलात्कार नभएको भन्दै तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा बयान फेरेको भन्दै उच्च अदालत पोखराले पललाई सफाइ दिएको थियो। उनको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको थियो ।
उक्त फैसलाको विरूद्धमा महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरिपाऊँ भनी निवेदन दिएको थियो ।








प्रतिक्रिया दिनुहोस