आज:  | Mon, 29, Apr, 2024

पुरुषोतम भगवान श्रीराम र सीताको विवाह भएको दिन आज विवाह पञ्चमी

१ पुष २०८०, आईतवार ०७:४९ मा प्रकाशित ( ४ महिना अघि) २९८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १ पुस ।

पुरुषोतम भगवान श्रीराम र सीताको विवाह भएको दिन आज विवाह पञ्चमीको तिथी हो । धार्मिक विधि विधान अनुसार हरेक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर मनाइँदैछ।

आजकै तिथीमा भगवान श्रीरामचन्द्र र माता सीताको पूजा आराधना गरी प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी मनाउन लागिएको हो। धर्मशाश्रमा लेखिए अनुसार चार भागमा विभाजन गरिएको सत्तेयुग,द्धापरयुग,त्रेता युग र कलियुग हो । त्रेता युगमा आजको दिन सीता र पुरुषोतम भगवान रामको विवाह भएको विश्वास गरिन्छ।

मिथिलाको प्राचीन कालको राजधानी जनकपुरधाममा माता सीता र भगवान्रा श्रीरामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका साथ मनाउने गरेका छन् ।

त्यतिवेला त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो भन्ने शाश्रमा उल्लेख गरिएको पाइन्छ ।

रामायणमा (राम कहानी)मा जनकपुरधामको रङ्ग भूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

साथै जनकपुरधाम सीताको जन्मभुमी भएकोले यस स्थानलाई पवित्र स्थानका रूपमा लिने गरेका मिथिलावासी महोत्सवमा देवी देवताको सशरीर रुपमा सहभागिता नभए पनि अदृश्य रूपमा भगवान श्रीराम र सिताको आगमन हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीहरु आउने देखि बिहे सम्ममा सहभागी हुने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%४%१%

प्रतिक्रिया दिनुहोस