आज:  | Fri, 03, May, 2024

धादिङमा सिमित जनसंख्याका रुपमा रहेका अल्पसंङ्ख्यक नागरिक सँग नेपाल प्रहरी कार्यक्रम

१ पुष २०८०, आईतवार ०८:२४ मा प्रकाशित ( ४ महिना अघि) २९४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ ०१ पुस ।

धादिङ जिल्लामा सिमित जनसंख्याका रुपमा रहेका अल्पसंङ्ख्यक नागरिक सँग नेपाल प्रहरी कार्यक्रम गरिएको छ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका १० जवङ गाँउमा बसोबास गर्ने अल्पसंङ्ख्यक शनिबार नागरिकहरुसँग नेपाल प्रहरी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको उपस्थितिमा त्यस स्थानका नागरिकहरुलाई सहभागी गराई कानुनी सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो ।

यसैगरी कार्यक्रममा धादिङ प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले समाजमा रहेका सामाजिक अपराधहरु, बालविवाह, बहुविवाह, घरेलु हिंसा, महिला हिंसा, मानव बेचचिखन, यौनजन्य हिंसा, आत्महत्या न्यूनिकरण, लगायतका सामाजिक अपराधहरुको सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु भई अन्तरकृया समेत गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले नारी वाटिका अनलाईन खबरलाई बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%३%

प्रतिक्रिया दिनुहोस