आज:  | Sun, 19, May, 2024

आईतबार धादिङको धुनिवेशी ६ मा सवारी दुर्घटना हुंदा एक जना गम्भिर घाईते ।

१ पुष २०८०, आईतवार १६:१२ मा प्रकाशित ( ५ महिना अघि) २२२ पाठक संख्या
नारी बाटिका


धादिङ ०१ पुस ।

आईतबार धादिङको धुनिवेशी नगरपालिका ६ धार्केमामा सवारी दुर्घटना हुंदा एक जना गम्भिर भएका छन् । आज बिहान करिब १०ः४५ बजेको समयमा धादिङ जिल्लाको धुनिवेशी नगरपालिका ६ धार्के स्थित पृथ्विराजमार्गमा नौबिसे बाट गजुरी तर्फ जाँदै गरेको बा.प्र०३(००१ च १४९१ नं. को योद्धा गाडिले पैदलयात्रिलाई ठक्कर दिंदा १ जना पैदलयात्री घाईते भएका हुन् ।

घाईते हुनेमा धुनिवेशि नगरपालिका ६ धार्के बजारमा फलफुल पसल गरि बस्ने भारतको बकिनिया घर भएका उमेश जैसवालको छोरा बर्ष २० को लोकेश जैसवाल रहेका छन् । जैसवालले उक्त सडकमा बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई तत्काल उपचारको लागि धार्के स्थित साईबाबा अस्पताल पठाएको थियो । घाईते जैसवालको सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ तर्फ पठाएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रशाद जैसवारले जानकारी दिन भयो ।

घाईते जैसवालको टाउको,दाहिने खुट्टा फ्याक्चर भएको र उनको अवस्था गम्भिर) रहेको जनाएको छ । साथै उक्त स्थानमा ईलाका प्रहरी खानिखोलाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटि गएको, गाडि,चालक प्रहरीको नियन्त्रणमा लिएको र उक्त सडकमा बाटो अबरोध नभएको धादिङ  प्रहरीले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस