आज:  | Sat, 04, May, 2024

वैदेशिक अध्ययन अनुमति शाखा एनओसीको सेवा अवरुद्ध, चार दिनदेखि विद्यार्थीद्वारा नाराबाजी

२ पुष २०८०, सोमबार ०८:०५ मा प्रकाशित ( ४ महिना अघि) ३०४ पाठक संख्या
नारी बाटिका


भक्तपुर – २ पुस।

शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभरका विद्यार्थीहरुले नाराबाजी गर्दै धर्ना दिएका छन् । नेपालबाट विदेशी कलेजहरुमा अध्ययन गर्न जानको लागी विद्यार्थीलाई अनिवार्य पेश गर्नु पर्ने एनओसी (नो अब्जेक्सन)लेटर लिन गएका विद्यार्थीले सहज रुपमा सेवा नपाएको र चार दिनदेखि धाउनु परेकोले आक्रोस बन्दै दिनभर विद्यार्थीले नाराबाजी गरेका हुन् ।

बिहीबारदेखि सर्भर डाउन भएर सेवा अवरुद्ध भएको भन्दै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत चार दिनदेखि धाउँदा पनि पत्र नपाएपछी सेवा लिन गएका विद्यार्थीहरु आक्रोशित भई नाराबाजी गरेका हुन् ।

गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्ना साथ सेवा सुरु हुने उल्लेख गर्दै वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले सूचना टाँस गरेपनि अझै सेवा सुरु भईरहेको छैन ।

विदेशी अध्ययनका लागी जाने भिसाको तयारीमा रहेका र भिसा लागेर जाने दिन फिक्स भईसकेका विद्यार्थीहरुले नो अब्जेक्सन लेटर पाउन नसक्दा मारमा परेका छन् । विद्यार्थीले चार दिनसम्म पनि सर्बर बनाउन हुन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप पनि लगाएका छन् ।

सर्बर डाउन भएको भन्दै कार्यालयका प्रमुख शान्तिराम पौडेलले कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराउँदा ती सबै डाटालाई रिकभर गर्न समय लागेको बताउनु भयो । उहाँले सर्बर खोल्ने प्रयास भइरहेको बताउँदै खोल्ने वित्तिकै सेवा उपलव्ध प्रतिबद्धता जनाउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस