आज:  | Mon, 06, May, 2024

धादिङ जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्धा बढ्दो,चालु आ.व.को मंसिर सम्ममा २४१ वटा मुदा दर्ता

४ पुष २०८०, बुधबार १९:३८ मा प्रकाशित ( ४ महिना अघि) ३८८ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

नारी बाटिका संवाददाता

धादिङ ४ पुस ।

धादिङ जिल्ला अदालतमा सम्बन्धबिच्छेदका मुद्धा बडीरहेको छ । हालसम्मका जिल्ला अदालतमा दर्ता भएका मुद्धाहरु मध्य २४१ वटा सम्बन्धबिच्छेदका मुद्धा रहेको छ । यसैगरी चालु आर्थिक वर्षको मंसिरको तेस्रो साता सम्ममा ७ सय ५५ वटा मुद्दा फैसला हुन बाँकी रहेको पाईएको छ । गत आर्थिक वर्ष २०७९को ७ सय १६ वटा मुद्धाको जिम्मेवारी भैइ आएको थियो । यसैगरी यस चालु आर्थिक वर्ष साउनदेखि मंसिर तेस्रो सातासम्म ३ सय ८४ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला अदालतको हाल सम्मको अबस्थालाई हेर्दा दर्ता भएकामध्ये ३ सय ४५ मुद्दा फछ्र्यौट भएका छन् भने सात सय ५५ वटा मुद्दा फैसला हुन बाँकी रहेको अदालतका सुचना अधिकारीले जानकारी दिनु भयो। अदालतको वार्षिक लक्ष्य तथा प्रगति विवरण सार्वजनिक गर्दै मुद्दा फैसलामा समस्या भएको बताउनु हुन्छ।

विशेष गरी अदालतका कर्मचारीहरु धादिङ दरबन्दी भएर पनि अध्ययन लगायत आदी कारण देखाई राजधानीमा काजमा बस्ने गरेकाले पनि यहाँ कर्मचारीको अभाब हुने गरेको छ । साथै विभिन्न प्रकृतिका मुद्दामा दुबै पक्ष उपस्थित हुन नसक्दा मुद्दा फैसला हुन ढिलाइ भएको जनाउनु भयो

जिल्ला अदालतका न्यायाधिश विष्णु प्रशाद बास्तोलाले वार्षिक कार्ययोजना अनुसार मुद्दाको लागत अनुमान, फछ्र्यौट लक्ष्य, गत आर्थिक वर्षको मुद्दाको लागत फछ्र्यौट र बाँकीको विवरण, फैसला कार्यान्वयन तर्फको विवरणबारे जानकारी दिनु भयो।

मुद्दाका पक्षहरुमा सहभागी हुनुपर्ने नियमित मुद्दाका कामहरु बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदन दर्ता, पक्राउ पुर्जी जारी लगायतका तत्काल गर्नुपर्ने कामहरु पनि गत वर्षको तुलनामा प्रभावकारी रुपमा गरिरहेको जिल्ला अदालतका न्यायाधीश बास्तोलाले बताउनु भयो ।

सम्वन्धित फाँटको कर्मचारीको अभाब भए पनि अदालतमा मुद्दाको दर्ता हुने क्रम निरन्तर रहे पनि फैसलामा समस्या परेको अदालतले जनाएको छ। धादिङ अदालतमा आर्थिक वर्ष २०८०। ०८१ मा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्वन्ध बिच्छेदका रहेको छ। जसमा मुद्धाको प्रकारहरु

,लागु औषध ६०,जबवूतस्ती करणी ५२,कर्तव्य ज्यान १९,ज्यान मार्ने उद्योग ३१,सवारी ज्यान तथा अंगभंग ३४,वन प्रदावर सम्वन्धी ११, सम्बन्धबिच्छेद २४१,अंश मानाचामल १४१,चेक अनादर ७१,गरी जम्मा ६३३ मुद्धा दर्ता भएको छन् ।

धादिङ अदालतले दर्ता हुन आएका मुद्दाहरुमा सकेसम्म मिलापत्र गरी पठाउने प्रयास गर्ने गरेको समेत अदालतको भनाइ छ। पछिल्लो समय अदालतमा सम्बन्ध विच्छेद, अंशसम्बन्धी मुद्दा बढी मात्रामा आउने गरेको बताइएको छ। पछिल्लो समय सम्बन्ध विच्छेदको लागि महिला र पुरुष दुबैको लागि कानुन नै खुकुलो बनाएपछि सम्बन्ध विच्छेदको मुद्धा आउने क्रम बढेको अदालतले जनाएको छ ।

बिगतमा महिलाको मन्जुरी बिना सम्बन्धबिच्छेद गर्न नपाईने कानुन रहेको थियो । तर २०७५ भदौमा सरकारले उक्त कानुन परिमार्जन गरी आफुखुशी श्रीमानले पनि उजुरी दिन पाउने र यदी श्रीमतीले अदालतमा प्रतिउत्तर लगाउन नआएता पनि एकतर्फी रुपमा अदालतबाट मुद्धा फैसला हुने भएपछी  घरकी जेठी श्रीमती  मन नपर्ने बितिक्कै तथा परिबारबाट छुटकारा पाई दोस्रो बिहे गर्न चहाने श्रीमान अर्थात पुरुषहरुलाई   सम्बन्धबिच्छेद गरी छुटकारा पाउन अदालत जाने प्रचलन  बड्दै आएको पाईन्छ ।

अर्को तर्फ पछिल्लो समयमा हाम्रो समाजमा बढी स्वतन्त्रा चाहनेहरु,  घर परिवार तथा श्रीमान श्रीमतीबिचमा हुने सानो,तिनो बिवाद तथा खटपटलाई पनि सहन कम्प्रोमाईज  (Compromise)गर्न नसक्ने  एक खालको वर्गहरु पनि छन् ।

जसका कारण धेरै पुरुषहरु परस्त्रीसंग लागेर घरकी श्रीमतीलाई हिंसा गर्ने र केही महिलाहरु पनि परपुरुषसंग लागेर अथवा घर परिवारको शारिरिक, मानसिक,आर्थिक हिंसा सहन नसकेर सम्बन्धबिच्छेद गर्ने क्रम पनि बढेको जानकारहरु बताउने गर्दछन् ।

महिलाको मन्जुरी बिना नै एकतर्फी रुपमा पनि सम्बन्धबिच्छेद गर्न पाउने कानुन नेपालमा बनेपछी सबै भन्दा बडी त पुरुषहरुलाई नै सहज भएको देखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%४%१%

प्रतिक्रिया दिनुहोस