आज:  | Mon, 06, May, 2024

धादिङको साङकोष दामगाडे वडा नं.१२ मा अस्थायी प्रहरी पोष्ट स्थापना

५ पुष २०८०, बिहीबार ०८:०९ मा प्रकाशित ( ४ महिना अघि) १३८४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु नारी बाटिका संवाददाता

धादिङ – ०५ पुस २०८०

जिल्ला प्रहरी कार्यलय धादिङले नीलकण्ठ नगरपालिकाको वडा नं.१२ मा अस्थाई प्रहरी पोष्टको स्थापना गरेको छ । पछिल्लो समयमा समाजमा हुने गरेका विकृर्ती,बिसंंगती तथा अपराधिक क्रियाकलपहरुले समुदायको सान्ती सुरक्षामा केही समस्या देखा पर्न थालेकोले जिल्लाको बिभिन्न पालिका अन्र्तरगतका वडाहरुमा अस्थाई प्रहरी पोष्टको स्थापना गरिदै आएको छ ।

त्यस्तै केही समयदेखी ५ जना प्रहरीको टोलीले साँझ बिहान लगायतका समयमा गस्ति गर्दै आईरहेको निलकण्ठ नगरपालिकाको १२ साङकोष स्थित दामगाडेमा बिधिवत रुपमा नै बुधबार अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारीको उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु,विद्यालयका शिक्षक,स्थानिय वासिहरु लगायतका सहभागितामा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको हो । नागरिकको शान्ति सुरक्षा अमनचयन कायम, अपराध नियन्त्रण, विपद ब्यवस्थापनमा सहयोग पुर्याउनको लागी पालिका संवेदनशिल स्थानहरुमा नयाँ प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक तथा प्रमुख गौतम मिश्रले जनाउनु भयो ।

यस कार्यले समाजमा हुने घटनाको तत्काल उद्दार,गर्न र आवश्यक सेवा प्रवाहमा सहजीकरण र जनसेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%६%४%

प्रतिक्रिया दिनुहोस