आज:  | Mon, 06, May, 2024

यस चालु आर्थिक वर्षको सेवा प्रवाहमा भक्तपुर अस्पताल अब्बल, प्रदेशकै उत्कृष्ट बन्न सफल

८ पुष २०८०, आईतवार ०८:०४ मा प्रकाशित ( ४ महिना अघि) २८७ पाठक संख्या
नारी बाटिका


भक्तपुर ८ पुस ।

देशको मुल राजधानी संग जोडिएको भक्तपुर जिल्ला स्थित अस्पताल यसवर्षको सेवा प्रवाहमा अब्बल, प्रदेशकै उत्कृष्ट बन्न सफल भएको छ । भक्तपुर अस्पतालले नागरिकमा दिने सेवाका आधारमा मन्त्रालयले १०० पूर्णाङ्क राखी नम्बर दिने गर्दछ । सेवाकै आधारमा भक्तपुर अस्पतालले ९७ अंक प्राप्त गरेको हो । मापदण्ड अनुसार जसको धेरै नम्बर आयो, उसकै सेवा उत्कृष्ट भएको मानिन्छ।यस्तै धादिङ र कपिलवस्तु अस्पतालले पनि राम्रो सेवा दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्यांकन टोलीले गरेको मूल्यांकन अनुसार प्राप्त अंका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी बागमती प्रदेशभित्रका अस्पताल मध्ये सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो । साथै यो अस्पताल देशकै उत्कृष्ट अस्पताल मध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको छ ।

मन्त्रालयले अस्पतालको स्थलगत अवलोकन र तीन दिन लगाएर गरिएको मूल्यांकनमा भक्तपुर अस्पतालले ९७ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकले बताउनु भएको छ ।

अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह, कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागका मिरा निरौला लगायतको मूल्यांकन टोलीको मूल्या०कनमा यस अस्पतालले उक्त अंक प्राप्त गरेको हो।

भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा मूल्याङ्कन समितिले तयार पारेको नतिजा सार्वजनिक गर्दै सो अस्पताल वागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यहाँको सेवाले देशकै शिर उँचो बनाएको बताउनु भयो।

प्रदेशभित्र उत्कृष्ट दुई अस्पताललाई बजेट सहित दुई सय शय्याको अनुमति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार भक्तपुर अस्पताल र धादिङ अस्पताललाई यो अनुमति दिने कार्य प्रारम्भ गर्ने उहाँको भनाइ थियो ।

निर्देशनालयका महाशाखा प्रमुख सतिश विष्टले भक्तपुर अस्पतालको गुणस्तरलाई अरुले अनुसरण गर्नुपर्नेमा जोड दिँदै बागमती प्रदेशका १३ वटै अस्पतालका मेडिकल सुपरिटेडेन्ट, अध्यक्ष र नर्सिड प्रशासकलाई ल्याएर यहाँको सेवाका बारेमा जानकारी दिनुपर्ने औँल्याएका छन्।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पताल दोस्रो पटक प्रदेशकै उत्कृष्ट अस्पताल बन्नुमा सिंगो ‘टिम’को सही मूल्यांकन भएको बताए। उनले भक्तपुर अस्पतालले प्रदान गर्दै आएको सबै सेवाका बारेमा जानकारी गराउँदै सबै कर्मचारीको लगनशीलता र मेहनतको प्रतिफलले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस