आज:  | Mon, 06, May, 2024

त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यान्टारमा मोटरसाईकलले ठक्कर दिदा १ जना बालिका घाईते

८ पुष २०८०, आईतवार १८:४४ मा प्रकाशित ( ४ महिना अघि) ४३० पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी वाटिका संवाददाता

धादिङ ८ पुस

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १मा सल्यान्टारमा मोटरसाईकलले ठक्कर दिदा १ जना बालिका घाईते भएकी छन् । आईतबार दिउँसो करिब ३ ः२० बजेको समयमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.१ सल्यान्टार कोषढुङगाको भित्रि सडक खण्डमा मोटरसाइकलले पैदलयात्रिलाई ठक्कर दिएको हो ।

कोषढुङगा बाट बगौचा तर्फ जाँदै गरेको ग ३प ९०३७ नं को मोटरसाइकलले सोही स्थान बस्ने पैदलयात्रि राजु परियारको छोरी बर्ष १५कि पुजा परियारलाई हिडिरहेको अवस्थामा उक्त मोटरसाईकलले पछाडि बाट ठक्कर दिंदा थियो । मोटरसाईकलको ठक्करबाट घाइते भएकी बालिका पुजा परियारलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकि सल्यानटार पठाएको थियो ।

घाईते भएकी पुजा परियारलाई दिउँसो ४ः३० बजेतिर त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ तर्फ पठाइएको छ । साथै घाइते बालिकाको दाहिने खुट्टामा चोट, अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । घटना स्थलमा तत्काल उद्धारको लागी सल्यानटार बाट प्र.ना.नि को कमाण्डमा प्रहरी टोलि खटि गएको, र मोटर साईकल र चालक प्रहरिको नियन्त्रणमा रहेको धादिङ प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस