आज:  | Mon, 29, Apr, 2024

जिल्ला प्रहरी कार्यलय धादिङको हाताभित्र अबस्थित नीलकण्ठ महादेव मन्दिरको उद्धघाटन कार्यक्रम सम्पन्न

८ पुष २०८०, आईतवार १९:२७ मा प्रकाशित ( ४ महिना अघि) ७३२ पाठक संख्या
नारी बाटिका


 

भगवती बिबियु
नारी वाटिका संवाददाता

धादिङ ८ पुस ।

नीलकण्ठ नगरपालिका ३ स्थित जिल्ला प्रहरी कार्यलय धादिङको हाताभित्र अबस्थित नीलकण्ठ महादेव मन्दिरको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । आईतबार जिल्ला प्रहरी कार्यालय परिसर भित्र रहेको पुरानो महादेव मन्दिर संम्रक्षणको लागी प्रहरी कार्यालयको पहल तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा नव निर्मित नीलकण्ठ महादेव मन्दिरको समुद्धघाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भिम प्रसाद ढुङगानाबाट गरिएको हो ।

उक्त मन्दिर उद्घाटन कार्यक्रममा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रि नाथ गैह्रे, सरकारी वकिल कार्यालय धादिङका न्याधिवक्ता दशरथ पंगेनी, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक गौतम मिश्र, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङका प्रमुख प्र.ना.उ राज कुमार कडेल, पत्रकारहरु, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।

साथै आजकै दिन बाट जिल्ला प्रहरी कार्यालय परिसर भित्र रहेको नीलकण्ठ महादेवको मन्दिर लाई सर्व साधारणले पुजाआजा (Public Access) समेत गर्न पाउने गरी  निर्माण गरिएको मन्दिरको समुद्धघाट कार्यक्रम सम्पन्न गरिएको हो ।

साथै जिल्ला प्रहरी कार्यालयको आन्तरिक स्रोत परिचालन तथा जनसहयोगमा निर्माण सम्पन्न गरिएको दुर्गा भगवतीको मन्दिर, कार्यालय भित्र निर्माण भएको पिच तथा ढलान, मोटरसाईकल पार्किङ स्थल, बत्ती सहितको पार्क लगायत सौन्दर्यीकरण तथा निर्माण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%३%

प्रतिक्रिया दिनुहोस