आज:  | Sun, 05, May, 2024

चिसोबाट बच्नको लागी सतर्कता अपनाउन मौसम महाशाखाको अनुरोध

११ पुष २०८०, बुधबार ०८:४४ मा प्रकाशित ( ४ महिना अघि) २६६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ११ पुस ।

केही दिनदेखी देशका सबै जसो भु भागमा चिसो बढ्दै गईरहेको कारण चिसोबाट बच्नको लागी सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो समयमा देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गर्नु भयो । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । “पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन”, मौसमविद् पुडासैनीले भन्नु भयो ।

त्येसैगरी आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक दुइ स्थानमा हल्का हिमपातको संभाबना रहेको छ।

आज राती कोशी र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%२%

प्रतिक्रिया दिनुहोस