आज:  | Mon, 06, May, 2024

काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सहज बनाउन आकासे पुलमा लिफ्ट राख्ने

११ पुष २०८०, बुधबार १५:४८ मा प्रकाशित ( ४ महिना अघि) २३५ पाठक संख्या
नारी बाटिका


काठमाडौं- ११ पुस ।

काठमाडौं महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सहज बनाउनका आकासे पुलमा लिफ्ट राख्ने तयारी गरेको छ । काठमाडौंको बानेश्वर स्थित आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्न लागिएको हो । उक्त पुलको दुवै पट्टी एक / एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञले जनाएका छन्। उहाँका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्ने गरी लिफ्ट राख्न लागिएको हो ।

उक्त स्थानमा राख्न लागिएको लिफ्टबाट ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा असक्षम,अपाङ्गता भएका नागरिक प्रति लक्षित गरेर राखिने जनाएको छ । साथै यस लिफ्टले साना बालबालिकालाई समेत सहज रुपमा हिड्डुल गर्न पाउनेछन् ।

काठमाडौं महानगरपालिकाले आकासे पुलमा लिफ्ट राख्नका लागि चालू आर्थिक वर्षमा रू पाँच करोड विनियोजन गरेको छ भने चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था भए अनुसारको उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ ।

उक्त लिफ्ट निर्माणका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकारले बताउनु भयो । लिफ्ट राखिसकेपछि त्यसको संरक्षण गर्नका लागि केही स्वयम्सेवक पनि राख्ने तयारी गरेको छ।

चालू आवमा सडक सुरक्षाका लागि बस बिसौनी निर्माण, बसको रुट मिलाउने, सडकबत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्पको व्यवस्थापन, सडक सङ्केत तथा चिन्ह व्यवस्थापन लगायत काम गर्ने भएको छ।

साथै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसको समय निर्धारण, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत तयारी छ । सडकमा सङ्केत चिन्ह मिलाउन तत्काल काम थाल्नु पर्ने बताइएको छ । उक्त चिन्ह आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले महानगरले अध्ययनको गरिरहेको जनाएको छ ।

यस्तै सडक चिन्ह देखिने, स्पष्ट, बुझ्न सजिलो हुने तथा प्रोत्साहन दिने खालका हुनुपर्दछ। चालू आवमा कामपाको अधिकार क्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि रू ४४ करोड छुट्याइएको छ । साथै महानगरले बानेश्वरको आकासे पुलमा राख्न लागिएको लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%१%

प्रतिक्रिया दिनुहोस