
नारी बाटिका
काठमाडौं ११ पुस ।
बलात्कारको आरोप लागेका सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरी पनि हेर्दा हेर्दैमा राखिएको छ । लामिछाने बिरुद्धको बलात्कार आरोपको मुद्दा जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइको किनारा आज पनि हुन सकेन ।
बुधबार पनि उनको मुद्धाको सुनुवाइ नसकिएपछि जिल्ला अदालत काठमाडौंले मुद्दालाई हेर्दाहेर्दैमा राखिदिएको हो। यसै सातको आइतबारदेखि सन्दीप विरुद्धको उक्त मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।
आजपनि सरकारी वकिल र पीडितका पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए। सन्दीपका कानुन व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ।
गएको २०७९ भदौमा शन्दीप लामिछाने विरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि उनीविरुद्धको मुद्दा फैसलाको चरणमा रही रहेको छ।








प्रतिक्रिया दिनुहोस