आज:  | Mon, 06, May, 2024

बिकास निर्माणको अनुगमको साथै नागरिकको गुनासो सुन्न समुदायमा: मेयर ढुंगाना

१६ पुष २०८०, सोमबार १९:२६ मा प्रकाशित ( ४ महिना अघि) ४६४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी वाटिका संवाददाता
धादिङ -१६ पुस ।

नीलकण्ठ नगरपालिका नगर प्रमुख भिम पशाद ढुंगानाद्वारा नगरभित्र भएको बिकास निर्माणको अनुगमन गर्नु भएको छ । निलकण्ठ नगपालिकालाई समृद्ध र गतिशिल बनाईने लक्षका साथ नगरपालिकाका भित्रका विभिन्न वडाहरुमा भैरहेका बिकास निर्माणको अबस्थाको निरिक्षण तथा अनुगमन गरी पृष्टपोषण दिई तोकिएको समयमा सम्पन्न गराउनका निमित्त बिकास योजनाको अनुगमन गरिएको मेयर भिम प्रशाद ढुंगानको सचिवालयले जनाएको छ ।

मेयर ढुंगानाको नेतुत्वमा गरिएको अनुगमन टोलिले नगरवासी नागरिकहरुको समस्या र गुनासो बारे संबोधन गर्नको लागी निलकण्ठ नगरपालिकाको वडा नम्बर ४ स्थित भुलभुलेका नागरिकहरु संग भेटघाट गर्नु भएको छ । यसै क्रममा सोही स्थानमा नगरपालिकाको लगानीमा निर्माण भईरहेको पक्की पुलको कामको नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले अनुगमन गर्नु भएको हो।

यसैगरी सो क्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का विभिन्न स्थानमा स्थानियहरूसँग समेत छलफल गर्नुहुँदै नगर प्रमुख ढुंगानाले स्थानियवासीको समस्या पहिचान गर्नू भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस