आज:  | Tue, 07, May, 2024

नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन अनुरोध

१८ पुष २०८०, बुधबार १४:१२ मा प्रकाशित ( ४ महिना अघि) १७९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ पुस।

छिमेकी मुलुकहरुमा नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो।

पछिल्लो समयमा छिमेकी मुलुकहरुमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले नेपालमा पनि सजक रहन मन्त्रालयले अनुरोध गरेको हो ।

मंगलबार मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै भिडभाडमा जाँदा मास्कको प्रयोग गर्न तथा भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेष ध्यान दिन आग्रह गरेका छन् ।

त्यसैगरी मन्त्रालयले कोभिड–१९ को नयाँ संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरु मार्फत आवश्यक निगरानी भइरहेको जनाएको छ ।

यस्तै कोभिड–१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि मन्त्रालयले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस