आज:  | Mon, 20, May, 2024

भारतीय विदेशमन्त्री जयशङ्कर र राष्ट्रपति पौडेलबिच शिष्टाचार भेट

१९ पुष २०८०, बिहीबार १५:२० मा प्रकाशित ( ४ महिना अघि) २९९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १९ पुस।

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र राष्ट्रपति रामचन्द्र पौडेलबिच शिष्टाचार भेट गर्नु भएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नु भएको थियो ।

उक्त भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन बाट हुने असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यकमा जोड दिनु भयो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरता पूर्वक काम गर्न जरुरी रहेको बताउनु भयो ।

भेटकै राष्ट्रपति पौडेलले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नु भएको छ ।

यस्तै सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावना प्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनु भयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री डा जयशङ्कर बिहिबार बिहान काठमाडौँ आउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस