आज:  | Fri, 03, May, 2024

आजको मौसम सम्वन्धी जानकारी

२० पुष २०८०, शुक्रबार ०८:३८ मा प्रकाशित ( ३ महिना अघि) १४९ पाठक संख्या
नारी बाटिका


काठमाडौं २० पुस ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान शाखाका अनुसार  आज दिउँसो कोशी,बागमती, गण्डकी र केर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राती कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागको एक( दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस