आज: २०८३ जेष्ठ ६, बुधबार | Wed, 20, May, 2026

नयाँ शैक्षिक सत्रको लागी कक्षा ११ को पठनपाठन असार १ गतेदेखि हुने

२०८३ जेष्ठ ६, बुधबार मा प्रकाशित ( १८ मिनेट अघि) ९०० पटक पढिएको
नारी बाटिका


बिबियु -नारी वाटिका संवाददाता
धादिङ -६ जेठ ।

आगमी नयाँ शैक्षिक सत्रको लागी कक्षा ११ को पठनपाठन असार १ गतेबाट गर्न गराउन शिक्षा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन भइसकेको छ भने कक्षा ११ को नयाँ शैक्षिक सत्र अनुसार पठनपाठन सञ्चालन गर्न समय निर्धारण गरेको हो ।

मन्त्रालयको निर्णय अनुसार शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई कक्षा संन्चालन गर्न बुधबार पत्राचार गरिएको जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस