आज:  | Mon, 06, May, 2024

देश जोगाउन इतिहासको निशानी जितगढी किल्लाको संरक्षण गर्न राष्ट्रपतिको आग्रह

२० पुष २०८०, शुक्रबार १६:३० मा प्रकाशित ( ४ महिना अघि) २६७ पाठक संख्या
नारी बाटिका


बुटवल २० पुस ।

नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएर इतिहास रचेको एउटा निशानी जितगढी किल्लाको संरक्षण गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सम्वन्धित सबैमा आग्रह गर्नु भएको छ । जितगढी किल्ला ठूला साम्राज्यसँग नेपाली सौर्य र कूटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउनु भयो ।

एक समारोहका बिच आज ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले पुनःनिर्माण गरी जितगढी उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकस क्षेत्र हुँदै सहस्र धारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा योगदान दिने बताउनु भयो ।

उहाँले यस जितगढी किल्ला लाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्त्विक धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनु भयो ।

राष्ट्रिय स्वाभिमान र पहिचानको जितगढी महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकूल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजना निर्माण गरी काम अगाडि बढाएकोमा आफूलाई खुशी लागेको पनि बताउनु भयो ।

यस्तै राष्ट्रपति पौडेलले जितगढीमा उति बेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमान्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताउनु भयो ।

कार्यक्रमका अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वाभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गर्नु भयो । उहाँले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि चर्चा भयो ।

साथै राष्ट्रपति पौडेलले यस समारोह अगाडी रुपन्देहीको नयाँ पुलस्थित मुक्तिनाथ धामको अवलोकन तथा पूजा अर्चना गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस