आज:  | Mon, 06, May, 2024

आज तराई भेगमा हुस्सु र कुहिरो साथै दुई प्रदेशमा हिमपात

२१ पुष २०८०, शनिबार ०८:५७ मा प्रकाशित ( ४ महिना अघि) ३२२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ पुस ।

आज तराई भेगमा हुस्सु र कुहिरो साथै दुई प्रदेशमा हिमपात भएको छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

शनिबार दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस