आज:  | Mon, 06, May, 2024

जिल्ला सहकारी संघ धादिङको २३ औं वार्षिक साधारण सभा सम्पन्न

२१ पुष २०८०, शनिबार १९:२६ मा प्रकाशित ( ४ महिना अघि) ४९१ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी वाटिका डट्कम अनलाईन खबर

धादिङ, २१ पुस ।

जिल्ला सहकारी संघ धादिङको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । निलकण्ठ नगरपालिका मा कार्यलय तथा तरकारी बजार संन्चालन गर्दै आईरहेको सहकारीहरुको छाता संघ जिल्ला सहकारी संघको २३ औं वार्षिक साधारण सभा शनिबार जिल्ला सदरमुकाम धादिङवेशीमा सम्पन्न भएको हो ।

संघका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता तथा राष्ट्रिय सहकारी महाँसंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता, कृर्षी ज्ञान केन्द्र धादिङका प्रमुख निर्मला गुरुङको बिशेष आतिथ्यता,संघका पूर्व अध्यक्ष नेत्र प्रशाद पौडेल, जिल्ला बचत संघका अध्यक्ष नवराज शर्मा पार्वती राई खाँडको आतिथ्यता रहेको थियो ।

यसै अवसरमा संघका अध्यक्ष रामचन्द्र आचार्यले अध्यक्षको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक परशुराम सुवेदी र संस्थाका कोषाध्यक्षले रु। १५ लाख ८९ हजार ९ सय ५७ रुपियाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनहरु आवश्यक सुझाव सहित पारित गरिएको सचिव युवराज थपलियाले जानकारी दिनु भयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडमा आवद्ध रहेका सदस्य सहकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यस्तै जिल्ला सहकारी संघका संन्चालक सदस्य भगवती उप्रेतीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संघका सचिव युवराज थपलियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला सहकारी संघ लिमिटेडमा जिल्ला भरीका करिब २सय ९ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%२%

प्रतिक्रिया दिनुहोस