
नारी बाटिका
काठमाडौं २३ पुस।
नेपाली कांग्रेसबाट आगमी माग ११ मा हुने निर्बाचनको लागी आज उम्मेदवारीमा छनौट भएकाहरुको नाम लिस्ट यस अनुसार रहेको छ ।नेपाली कांग्रेसले १० जनाको नाम टु्रगो लगाएसंगै निर्बाचन आयोगमा उम्मेदवारी दर्ता गर्दै छ।
पार्टीभित्र लामो बहसपछी नाम टुंगो लगाउन रस्साकस्सी परेको थियो । नेपाली कांग्रेसले आज बिहान मात्रै १० जना उम्मेदवारको नाम चयन रहेको हो।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।
साथै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदम बहादुर परियार र लुम्बिनीको महिला तर्फ विष्णु कुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको लेखकले जानकारी दिनु भयो।
यस्तै कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ।








प्रतिक्रिया दिनुहोस