आज:  | Mon, 20, May, 2024

नेपाली कांग्रेसबाट उम्मेदवारीमा छनौट भएकाहरुको नाम लिस्ट

२३ पुष २०८०, सोमबार १०:५१ मा प्रकाशित ( ४ महिना अघि) ३८० पाठक संख्या
नारी बाटिका


काठमाडौं २३ पुस।

नेपाली कांग्रेसबाट आगमी माग ११ मा हुने निर्बाचनको लागी आज उम्मेदवारीमा छनौट भएकाहरुको नाम लिस्ट यस अनुसार रहेको छ ।नेपाली कांग्रेसले १० जनाको नाम टु्रगो लगाएसंगै निर्बाचन आयोगमा उम्मेदवारी दर्ता गर्दै छ।

पार्टीभित्र लामो बहसपछी नाम टुंगो लगाउन रस्साकस्सी परेको थियो । नेपाली कांग्रेसले आज बिहान मात्रै १० जना उम्मेदवारको नाम चयन रहेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैगरी बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ।

साथै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदम बहादुर परियार र लुम्बिनीको महिला तर्फ विष्णु कुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको लेखकले जानकारी दिनु भयो।

यस्तै कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%१%

प्रतिक्रिया दिनुहोस