आज:  | Mon, 20, May, 2024

धादिङको नीलकण्ठ नगरपालिकाले लिफ्ट सहितको सुविधा सम्पन्न भवन निर्माण गर्दै

२७ पुष २०८०, शुक्रबार १६:०३ मा प्रकाशित ( ४ महिना अघि) ८४० पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ,२७ पुस

जिल्लाकै धेरै जनघनत्व रहेको सदरमुकाम स्थित धादिङको नीलकण्ठ नगरपालिकाले लिफ्ट सहितको सुविधा सम्पन्न आफ्नै भवन निर्माण गर्दैछ । उक्त भवनको आज मेयर ढुंगानाद्वारा शिलान्यास गर्नु भएको हो । नीलकण्ठ नगरपालिकाले रु १८ करोड ५६ लाख ७१ हजार १ सय ७१ रुपैयाँको लागतमा वडा नम्बर ३ धादिङवेशीमा रहेको २ रोपनी सरकारी जग्गामा सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न लागिएको हो ।

भवनको भुमिगत पार्किङ सहित निर्माण गर्न लागिएको उक्त भवनको सुक्रबार नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले शिलान्यास गर्नु भएको हो । भवन शिलान्यास कार्यक्रममा उप प्रमुख दिपक विश्वकर्मा,सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रहरी प्रमुख गौतम मिश्र,,नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, नगरपालिकाका वडा अध्ययक्षहरु,शाखा प्रमुखहरु,योजना अधिकृत,कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधीहरु,नेपाली काँग्रेसका युवा नेता राधाकृष्ण भण्डारी,संन्चारकर्मीहरु,नगर सुरक्षा कर्मचारीहरु,उिक्त भवन नर्माण कम्पनीका प्राविधिक तथा प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।

नयाँ बन्ने यस नगरपालिकाको भवनमा एक पटकमा ९ जना चढ्न मिल्ने क्षमता भएको लिफ्ट समेत जडान गरीने कम्पनीबिचको सम्झौता गरिएको जनाईएको छ। भवनको निर्माण सम्पन्न पछी भुई तलामा लेखा शाखा,स्वास्थ्य शाखा र प्राविधिक शाखा रहनेछ भने पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष,शिक्षा शाखा र मेयरको कार्य कक्ष रहने नगरपालिकाले जानकारी दिएको छ ।

यस्तै दोस्रो तलामा उप मेयरको कार्यकक्ष र न्यायीक हल, तेस्रो तलामा सेमिनार हल रहने छ भने चौथो तलामा आवासको व्यवस्था गरीएको भवन चार हजार ५२३ स्क्वायरफिटमा पाँच तलाको हुनेछ ।

भवन निर्माण कार्यका लागी गएको २०८० कार्तिक २१ मा सम्झौता भई आगमी २०८३ बैशाख २० सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनीले ३० महिनामा काम गर्नेगरी काम सुरुवात गरेको छ । भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाले तोकिएको समयमा काम सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई आग्रह गर्नु भएको छ ।

जिल्लाको सदरमुकाम धादिङबेशीमा २ रोपनी सरकारी जग्गामा निर्माण हुन लागेको यस नगरपालिकाको स्वामित्वमा रहने भवन निर्माणपछि नगर क्षेत्रका नागरिकहरुलाई सेवा प्रवाहरुमा सहज हुने भन्दै मेयर ढुंगानाले गुणस्तरीय काम भए नभएको हेर्न पनि प्राविधिकहरुलाई दिर्नेशन दिनु भएको छ । साथै सो जग्गा प्राप्त गर्नको लागि धेरै समय लागेको भन्दै उहाँले प्रशासनीक भवन बनेपछि नागरिकको सेवामा सहज हुने बताउनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%१%२%१%

प्रतिक्रिया दिनुहोस