आज:  | Tue, 21, Jan, 2025

दाङको भालुवाङस्थित राप्ती पुलमा बस दुर्घटना हुंदा १२ जनाको मृत्यु, र २३ जना घाइते

२८ पुष २०८०, शनिबार ०७:१७ मा प्रकाशित ( १ साल अघि) ११६७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ पुस ।

सुक्रबार राति साँडे १० बजेतिर दाङको भालुवाङस्थित राप्ती पुलबाट बस दुर्घटना हुंदा १२ जनाको मृत्यु, भएको छ । यस्तै उक्त दुर्घटनामा परी २३ घाइते भएका छन् । दुर्घटनामा परी ११ पुरुष र एक महिलाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुर हेटौँडाका ३९ बर्षिय सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो।

यसैगरी मृत्यु हुनेमा भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मृतकहरु मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ।

घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजना बुटवल र दुईजनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको छ। तर बसको चालक भने सकुशल रहेको र निज चालकलाई प्रहरीले नियन्त्रणमा रहेको जनाईएको ।

नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर भालुवाङस्थित पुलबाट रेलिङ नै भाँचेर राप्ती नदीमा खसेको थियो ।

तस्वीर : अनलाइन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१३%

प्रतिक्रिया दिनुहोस