आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

पत्रकार किशोर श्रेष्ठविरुद्ध फेरि उपसभामुख ठाकुरले जाहेरी दिइन्

२०८३ भाद्र २, मंगलबार मा प्रकाशित ( २ महिना अघि) ३५९७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम
काठमाडौं -२ भदौ ।

वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठविरुद्धमा फेरि उपसभामुख रुवीकुमारी ठाकुरले जाहेरी दिएकी छिन् । प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै उपसभामुख ठाकुरले पत्रकार श्रेष्ठविरुद्ध शोमबार जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी परिसर, ललितपुरमा पत्रकार श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले जाहेरी दिएकी प्रहरीले जनाएको छ।

राखी बाँध्ने व्यक्तिसँग आफ्नो नाम जोडेर समाचार प्रकाशित गरी आफ्नो इज्जत र प्रतिष्ठानमा आँच पुर्याएको भन्ने आरोपमा उपसभामुख ठाकुरले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतले शोमबार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑