
बिबियु,नारी वाटिका डटकम
धादिङ -३१ साउन ।
नारी जागरण केन्द्र धादिङको संस्थाको २७ औं साधारणसभा सभा तथा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चित्र कुमारी भण्डारीको अध्यक्षतामा जिल्ला सदरमुकाम धादिङेशीमा आइतबार संस्थाले २७ औं स्थापना दिवस तथा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।
केन्द्रले आफ्नो वार्षिक साधारण सभाको अवसरमा पछिल्लो समयमा हाम्रो समाजमा बालिका तथा महिलामा लुकेको घरेलु हिंसाको प्रकार घरभित्रको हिंसा झनै डरलाग्दो अवस्थामा रहेको भएपनि यसलाई बाहिर ल्याउन निकै कठिन भएको वार्षिक कार्य प्रगति प्रतिवेदनमा समेटेको छ । 
कार्यक्रमको लक्ष,उदेस्य र परिकल्पनासहित वार्षिक प्रतिवेदन प्रस्तुती गर्नु हुंदै केन्द्रका कार्यकारी निर्देशक भण्डारीले २०५२ सालदेखी केन्द्रले समुदाय तहमा सानो समुह बनायर तथा केन्द्रका निवर्तमान अध्यक्ष तथा हालको कार्यकारी निर्देशक भगवती भण्डारी आफु पनि सानो महिलाको समुह निर्माण गरी सोही समुहको नेतृत्व गर्दै आज ३३ वर्षको अवधीमा केन्द्रले संस्थागत र समुदाय स्तरमा धेरै काम गर्दै विकासमा फड्को मारेको बताउनु भयो ।
यस्ैगरी केन्द्रले स्थानीय तहमा वडा स्तरदेखी निर्माण भएको महिलाको समुहलाई २०६० साज अगाडी नै खारेज गरेर जाने छलफल भएतापनि समुहबाट बिचैमा छोड्दा आफुहरु माउ बिनाको चल्ला जस्तै हुन्छौं भनेर उनीहरुको प्रतिकृया आएपछि समुहमा २० रुपयाँले बचत संकलन गर्दै आएका महिलाहरुको सानाु पुँजीलाई एकत्रित गरी उक्त पुँजीको सुरक्षाको लागी २०६३ सालमा धादिमा नारी विकास सहकारी संस्थाको स्थापना गरेको वार्षिक प्रतिवेदनमा समेटिएको छ ।
यसका साथै समुहमा बसेर जिविको पार्जन गर्नकै लागी केहि गर्ने सामुहिक भावनाको विकास गराई महिलाहरुको आयस्तरमा सहयोग पु¥याउने उद्देश्यले २०६२ मा नारी विकास बचत तथा ऋण सहकारी संस्था,२०६८ मा मार्पाक नारी जागरण संस्था र २०७० आसपासमा कृर्षी पर्यटन तथा पर्यावरण सहकारी संस्था निर्माण गरिएको थियो ।
त्यसपछी २०७२ सालमा केन्द्रले विभिन्न परियोजना र केन्द्रको आन्त्रिक स्रोतबाट खडा गरिएको समुह लगानी सहुलियत व्यवशायी कोष (घुम्ति )कोष मार्फत उल्लेखित तिनवटै सहकारी संस्थाहरुलाई आर्थिक पाटाको सबै काम गर्ने समुह व्यवस्थापनको जिम्मेवारीसहित समुह बचत तथा ऋण परिचालनको कार्य हस्तातरण गरिएको थियो ।
केन्द्रले निमार्ण गरेका उक्त सहकरीहरुले पनि सहकारीको बचत पचिालनको मात्रै काम नगरी महिलाको आर्थिक उपार्जनमा सहयोग पुर्याउनका लागी सीप,र वित्तिय साक्षात्तर तथा सहकारी शिक्षालाई जोड दिँदै समुहका साना व्यवशाय संन्चालनमा थोरै मात्रै व्याज लिई समुहका महिलाहरुमा व्यवशायीक सहुलियत कर्जा उपलव्ध गराउँदै आएका छन् ।
यस्तै कार्यक्रममा संस्था अन्तरगतका सहकारी संस्थाका प्रगतिहरु,केन्द्रले संचालन गरेका गतिविधिहरु र भावी दिनमा गरिने कार्ययोजना बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा केन्द्र अन्तर्रगतका समितिका पदाधिकारीहरु,कर्मचारीहरु,समुह तथा समुदायका महिलाहरुलाई सहभागी गराई घरेलु हिंसा तथा लैंगिक हिंसाविरुद्धको सचेतनाका विषय वस्तुसहित प्रस्तुतीकरण गरिएको थियो ।
विशेष गरी महिलाहरुको सामाजिक, आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको नारी जागरण केन्द्रले धादिङमा महिलाहरुको विभिन्न समूह बनाइ उक्त समूहमार्फत तरकारी खेति, बाखा्रपालन,भैंसी पालन तथा पाडी पालन, तथा जिविकोपार्जनमा सहयोग पुर्याउँदै आएको छ ।
लैङ्गिक हिंसाविरुद्ध समाजमा जनचेतना जगाउने, अन्यायमा परेका महिला तथा बालबालिकालाई न्यायको लागि पहल गरिदिने लगायतका कार्यमा संस्था सकृय रहेको संस्थाका कार्यकारी निर्देशक भगवती भण्डारीले जानकारी दिनु भयो ।
कार्यक्रममा केन्द्रका आजिवन सदस्यहरु,कार्यसमिति,विभिन्न उपसमितिहरु,कर्मचारीहरु,सहकारीका प्रमुख तथा प्रतिनिधिहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम केन्द्रका सचिव पार्वर्ती भण्डारीले संन्चालन गर्नु भएको हो ।












प्रतिक्रिया दिनुहोस