आज:  | Mon, 20, May, 2024

आजबाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिदै,के यसपटकको कार्यले निरनतरता पाउन सक्ला त ????

१ माघ २०८०, सोमबार ०९:०४ मा प्रकाशित ( ४ महिना अघि) ३८४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १ माघ ।

आजबाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिदै, के यसपटकको पानी बितरण कार्यले निरनतरता पाउन सक्ला त ???? यो पछिल्लो समयको गम्भिर प्रश्नसंगै आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिदैछ। आजदेखी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

आजबाट अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिएका छन् ।

पछिल्लो समयमा सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको र खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने लक्ष्य रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।

माघ १ गतेदेखी काठमाडौं उपत्यकार्मा मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी आजैदेखी पानी ल्याउन पहल गरेको छ।

बिगतमा पनि यसैगरी राजधानीमा आएको भएतापनि उक्त क्षेत्रमा कमजोर सम्रचना बनाईनु तथा यस योजनामा देशका ठुला राजनिति दलका नेताहरुको स्वार्थका कारणले पनि कहिले बाढी तथा पहिरोको अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइने भएको छ । यसैगरी गत पुस ३ गते पनि मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो।

पछिल्लो समयमा पनि कूल २८ दिनको कार्ययोजना सहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै छ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो भने यस योजनाले देशैभर चर्चा बटुली सकेको छ । कहिले केपी शर्मा वलीले मुलुकको नेतृत्व गरी प्रधानमन्त्रि हुंदा,कहिले कागे्रसले देशको नेतृत्व गर्दा,अहिले नेकपा माओवादीका अध्यक्ष तथा गठवन्धनको सरकार प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले देशको नृतृत्व गरिरहदा आजबाट राजधानी काठमाडौंमा बितरण गर्न लागिएको मेलम्ची खानेपानी योजनाले निरनतरता पाउन सक्ने ? वा नसक्ने ? त्यो भने उपत्यकावासीले पर्खनै पर्ने हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस