आज:  | Sat, 27, Jul, 2024

नेपालमा भईरहेको भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको : नेता प्रकाशमान सिंह

१ माघ २०८०, सोमबार १६:३३ मा प्रकाशित ( ६ महिना अघि) २२६ पाठक संख्या
नारी बाटिका


काठमाडौं १ माघ ।

नेपालमा भईरहेको भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको कांग्रेसका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरू गरिएको कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै नेता प्रकाशमान सिंहले यो कुरा बताउनु भएको हो ।

पिउने पानीको समस्या काठमाडौं बासीको मात्रै नभई देशभरकै समस्या रहेकोले यसको समाधान गर्न आवश्यक रहेको बताउनु भयो। काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको परिकल्पना अनुसार यो योजना अघि सारिएको थियो भन्दै नेता सिंहले भट्टराईलाई स्मरण गर्नु भयो । मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभई पुनः वितरणमात्रै गरिएको बताउनु भएको छ ।

यस्ता कार्यलाई दिगो बनाउने तर्फ हामीले सुधार गर्नुपर्छ। ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले धेरै पाठ सिक्नुपर्छ। योजनामात्रै ठूलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ,’ उहाँले भन्नु भयो । ‘प्रधानमन्त्रीज्यू यो काठमाडौं उपत्यकाको मात्रै समस्या होइन, नेपालभरकै यो ग्राउण्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ।’

मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजनामात्रै ठूलो बनाउने नभएर त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा जोड दिनुपर्ने नेता सिंहले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस