आज:  | Sat, 27, Jul, 2024

आज २६ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम साथ मनाइँदै

२ माघ २०८०, मंगलवार ०८:१२ मा प्रकाशित ( ६ महिना अघि) ३७६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ माघ ।

आज २६ औँ भूकम्प सुरक्षा दिवसका अबसरमा विभिन्न कार्यक्रम साथ देशभर मनाइँदैछ । स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ मंगलबार २६ औँ भूकम्प सुरक्षा दिवस– मनाइँन लागिएको हो ।

२६ औँ भूकम्प सुरक्षा दिवस मनाउनका लागी गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। काठमाडौँ उपत्यकाको तीन स्थान, चन्द्रागिरी, ललितपुर र भक्तपुरमा कार्यक्रमको आयोजना गरिने तयारी गरिएको छ। दिवसको मुख्य कार्यक्रम मंगलबार चन्द्रागिरी नगरपालिकामा हुने भएको छ।

औपचारिक समारोहको रुपमा आयोजित भूकम्प दिवसको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा गृहमन्त्रि श्रेष्ठको संयोजत्वमा कार्यक्रम गरिने गृह्र मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्ने विषयमा सम्वन्धित चित्र,सामाग्रीहरु प्रदर्शनी गरिनेछ। यसैगरी मंगलबारदेखी आगमी बिहिबार तिन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना पनि गरिएको मन्त्रालयले जनाएको छ।

दिवसको सन्दर्भमा यही पुस २८ देखि माघ १५ सम्म सरकारी निकाय, संघसंस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्रवक्ता खड्काले जानकारी दिए।

विसं १९९० माघ २ मा गएको विनाशकारी महाँ भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष आजकै दिन भूकम्प सुरक्षा दिवस मनाउदै आईरहेको छ । विसं १९९० माघ २ मा दिउँसोको २ः२४ बजेको समयमा गएको ८.४ म्याग्निच्यूडको महाँ शक्तिशाली भूकम्पले नेपालमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार १९९० सालको भूकम्पमा परी नेपालमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो। त्यसैगरी ८० हजार घर तथा भौतिक सम्रचनाहर ध्वस्त भएका थिए।

सो समयमा घर सहित विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक ध्वस्त भएका भवन समेत गरी २ लाख ७ हजार २४८ भौतिक संरचनाहरु भत्किएको थियो ।

फाईल तस्वीर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस