आज:  | Tue, 05, Mar, 2024

आज बिहानै त्रिशूली नदिमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटियो

२ माघ २०८०, मंगलवार ०९:१८ मा प्रकाशित ( १ महिना अघि) ४४६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ माघ ।

केही बेर अगाडी त्रिशूली नदिमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा त्रिशूली नदिमा खसेको भारतीय जीप भएको पुष्टी भएको थियो । त्रिशूली नदिमा खसेको उक्त जीप भेटिएको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

मंगलबार बिहान उक्त जीप त्रिशूली नदिमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर तल खसेको थियो ।

बिहानै त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटार गोताखोरको प्राविधिक टोली परिचालन गरिएको थियो । प्रहरीलाई स्थानीयवासीले उक्त जीप त्रिशुली नदीमा खसेको खबर गरेपछि तत्कालै उक्त प्राविधिक तालिम प्राप्त टोली घटनास्थलमा परिचालन भएको थियो ।

साथै केही समयअघि गोताखोरको तालिम प्राप्त टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरीले जानकारी दिएको छ । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस