
बझाङ -७ कात्तिक ।
बझाङमा भीरबाट लडेर एक वडाध्यक्षको मृत्यु भएको छ। बझाङ जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको सुक्रबार भीरबाट लडेर मृत्यु भएको हो।
आफ्नै गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न जाँदा ५० वर्षीय वडाध्यक्ष जोशीको भीरबाट लडेर चट्टानमा बजारिएपछी उनको ज्यान गएको थियो। भिरबाट लडेर गम्भीर घाइते भएका जोशीको उद्धारको तयारी भइरहेको थियो तर उनलाई अस्पताल नै पुर्याउन नभ्याई मृत्यु भएको हो।
प्रहरीका अनुसार भीरबाट लडेर चट्टानमा बजारिदा जोशीको कानबाट रगत बगेको थियो । लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन्।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।












प्रतिक्रिया दिनुहोस