आज:  | Sun, 05, May, 2024

फेरी रूसी सेनामा गएका थप एक नेपाली युवा को मृत्यु

२ माघ २०८०, मंगलवार १७:०३ मा प्रकाशित ( ३ महिना अघि) ३४६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ माघ ।

फेरी फेरी रूसी सेनामा गएका थप एक नेपालीको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको संन्चार माध्यमहरुले जनाएका छन्। मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो । गुरुङको आर्थिक अवस्था कमजोर भएको कारण बैदेशिक रोजगारीमा जान लागेको उनले आफ्नो परिवारलाई जानकारी गराएका थिए ।

रूसी सेनामा भर्ती भएर आफ्नो घर परिवारलाई आफु विदेश जाँदा लागेको ऋण तिर्न नपाउँदै गुरुङको मृत्युको खबर उनका परिवारलाई आएको छ । गुरुङक यसै पुस १४ गते रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको खबर मंगलबार आएको हो ।

३० वर्षीय गुरुङ लमजुङको दूधपोखरी गाउँपालिका–१ का वाइसिएल अध्यक्ष समेत थिए। गुरुङका परिवारका अनुसार साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता रुस उडेका रहेछन्। तर साजन रूसी सेनामा भर्ती भएको परिवारले असोजमा मात्रै जानकारी पाएको थियो।

उनि पुस १४ गतेसम्म परिवारको सम्पर्कमा थिए । गुरुङ सँगै रुस–युक्रेन युद्धमा मृत्यु हने नेपालीको संख्या १२ जना पुगेको छ। गुरुङसंगै नेपाली युवाका शव रुस स्थित शवगृहमा राखेको छ । हालसम्म नेपाल सरकारले स्वदेश ल्याउन नसकेको अबस्था छ ।

रुसी सेना गएका १ सय ३३ परिवारले आफ्ना परिवारका सदस्यहरू त्यस ठाउँमा उच्च जोखिममा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् । सरकारले यता सरकारले आफ्ना नागरिकहरूलाई रूसी सेनाबाट फिर्ता ल्याउन पहल गरिरहेको भएपनि सफलता भने पाउन सकेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस