आज:  | Sun, 19, May, 2024

धादिङमा २६ औ राष्ट्रिय भूकम्प दिवसको अवसरमा प्रभातफेरी

२ माघ २०८०, मंगलवार १९:२५ मा प्रकाशित ( ४ महिना अघि) २४७ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ, ०२ माघ ।

जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा २६ औ राष्ट्रिय भूकम्प दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । प्रशासन कार्यालय धादिङद्वारा आयोजित २६ औ राष्ट्रिय भूकम्प दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको साथमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

विपद् बाट सुरक्षित हुने नागरिक अधिकारःपुरा गर्न संघ, प्रदेश र स्थानिय सरकार, भन्ने राष्ट्रिय मुल नाराका साथ सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको संयोजत्वमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्र,सधन तथा भवन निर्माण आयोजना कार्यालय प्रमुखको सहगागिता रहेको थियो ।

त्यस्तै राष्ट्रिय अनुसन्धान कार्यालय धादिङका प्रमुख, जिल्ला अस्पताल धादिङका प्रमुख , जिल्ला वार एशोसियन धादिङ, विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रतिनिधीहरु, संचारकर्मी, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङका प्रमुख, प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र नगर प्रहरी समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

धादिङबेशी पुछारबजार देखि सिरान बजार सम्म प्रभातफेरी गरी सिरान बजार स्थित दहिचौतारामा कोण सभामा परिणत भई कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले यस नारी बाटिका डट्कम अनलाईन खबरलाई जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस